लत्रेपिपल क्लबसंगको साझेदारीमा पुतलीबजारले कपडा बैंक सञ्चालन गर्ने

Breaking Featured News समाचार समाज

स्याङ्जा सदरमुकाममा पहिलो पटक कपडा बैंक सञ्चालन हुने भएको छ । स्याङ्जा सदरमुकाम स्थित स्याङ्जा बजारमा पुतलिबजार नगरपालिकाले प्रयोग नगरिने तर प्रयोग गर्न मिल्ने कपडाहरु संकलन गरेर वितरण गर्ने योजनाका साथ कपडा बैंक स्थापना गर्ने भएको हो ।

पुतलीबजार नगरपालिका ३ मा रहेको लत्रेपिपप क्लबसंगको साझेदारीमा घर घरमा रहेका तर प्रयोग नगरिएका, साघुरो भएका, साना भएका वा प्रयोग नगरिने तर प्रयोग गर्न वा लगाउन मिल्ने कपडा, झोला, जुत्ता लगायतका सामानहरु संकलन गरेर वितरण गर्ने योजना बनाएको पुतलिबजार नगर प्रमुख तुलसीराम रेग्मीले जानकारि दिए ।

उनले घर संकलित कपडाहरु आवश्यक हुने वा आवश्यकताको आधारमा वितरण गरिने बताए । यस बैंकबाट आवश्यक पर्ने जो कोहिले पनि कपडा लिएर जान र प्रयोग गर्न सकिने बताइएको छ ।

प्रयोग गर्न नमिल्ने खालका पुराना कपडाबाट डसना बनाएर पनि वितरण गर्ने समेत योजना रहेको कपडा बैंक स्थापना कार्यक्रमका संयोजक तथा लत्रेपिपल क्लवका अध्यक्ष मनोज मल्लले जानकारि दिएका छन ।

उनले आबश्यकता र अभावमा रहेका कोहि व्यक्ति या समुदायले आफै आएर वा वडा कार्यालयहरुले समन्वय गरेर पनि कपडा बैंकमा जम्मा भएका कपडाहरु वितरण गरिने जनाए । बैंकका लागि पुतलिबजार नगरपालिकाले स्याङ्जा बजारमा दुईवटा कोठा उपलब्ध गराएको समेत मल्लले जानकारी दिए ।

कपडा बैंक शिघ्र संचालन गरिने बताइएको छ भने बैंक स्थापनार्थ प्रयोग गर्न मिल्ने दराज र्याक लगायतका सामानमा सहयोगको आह्वान समेत कार्यक्रम संयोजक मल्लले गरेका छन । उनले यो पुण्य कार्यमा सबैको भौतिक, आर्थिक र नैतिक साथ र सहयोगको अपेक्षा रहेको बताएका हुन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *