नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

आँधिखोला सेरोफेरो मनोरंजन समाचार समाज

प्रेस चौतारी नेपाल स्याङ्जा शाखाको आयोजनामा पत्रकार भेटघाट तथा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम वालिङ स्थित पर्यटकीय स्थल घ्वाङखोलामा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष कृष्ण खांणले पत्रकार समाजको दर्पण रहेकाले पत्रकारले मुलुकलाई अगाडि बढाउन महत्वपुर्णा भुमिका खेल्नुपर्ने बताए ।

आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले गरेका कामहरु जनतामाँझ पु¥याउने र जनतालाई समृद्धिको विकासका लागी योग्य जनप्रतिनिधि चुन्नका लागी पत्रकारले भुमिका खेल्नुपर्ने उनले बताए । कार्यक्रममा सचिव राजेन्द्र डुम्रेले २२ वटा जनवर्गाीय संगठन मध्येको प्रेस चौतारी महत्वपुर्ण संगठन भएको भन्दै चौतारीलाई समयसापेक्ष बनाउनका लागी पार्टीले सोही अनुसारको भुमिका खेल्ने बताए ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा वालिङ नगर इन्चार्ज दिलिपकुमार बगाले, नगर अध्यक्ष शोभाकान्त पौडेल, वडा नं. १ का उम्मेद्धार गिरमान गुरुङल, प्रेस चौतारी गण्डकी प्रदेश सचिव गोपाल जिटि र सदस्य रोशन लामिछाने लायतले नयाँ वर्षको उमंगसंगै आगामी निर्वाचनमा एमालेको पक्षमा जनमत प्राप्त हुने बताए ।

प्रेस चौतारी स्याङजाका अध्यक्ष शुसिल सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव जिवन अर्यालले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष माधव गैह्रेले राखेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *