सबै समाचारसमाचारसमाजआँधिखोला सेरोफेरोराजनीतिस्वास्थ्यमनोरंजनपत्रपत्रिका बाटकृषिअर्थखेलकुदNewsअन्तराष्ट्रिय
आँधिखोला सेरोफेरो · समाचार · समाज

वालिङ उद्योग वाणिज्य संघको अन्तिम मत परिणाम सार्वजनिक

वालिङ उद्योग वाणिज्य संघको अध्यक्षमा अनुपमा ढुंगाना तिवारी निर्वाचित भएकी छन् । वालिङ उद्योग वाणिज्य संघको नवौं अधिवेशनबाट अध्यक्षमा तिवारी निर्विरोध निर्वाचित भएकी हुन् । अध्यक्षमा तिवारी निर्विरोध निर्वाचित भएपनि अन्य सबै पदहरुमा निर्वाचन भएको निर्वाचन अधिकृत लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए । अध्यक्ष पदमा ३ जनाको मनोनयन परेको भएपनि अन्य २ जना अध्यक्षका आकांक्षीले उम्मेदवारी फिर्ता लिएपछि तिवारी निर्विरोध निर्वाचित भएकी हुन ।

वालिङ उद्योग वाणिज्य संघ स्थापना भएदेखि तिवारी पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन । सम्पन्न मतगणनाबाट अध्यक्ष तिवारीको सम्पूर्ण प्यानल बिजयी भएको छ । वरिष्ठ उपाध्यक्षमा शंकर डुम्रे निर्वाचित भएका छन् । उनले ४३९ मतसहित बिजयी हुँदा उहाँका प्रतिस्पर्धी प्रकाश अर्यालले ३०१ मत प्राप्त गरे । उपाध्यक्षमा सुविन्द्र गुरुङले ४२६ मत ल्याएर बिजयी हुँदा उनका प्रतिस्पर्धी शिव पंगेनीले ३१० मत ल्याए ।

महासचिवमा तिवारी प्यानलकै बिमल अर्याल बिजयी भए । अर्यालले ४६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी खिमानन्द पराजुलीले २७० मत प्राप्त गरे । त्यस्तै सचिवमा अशोक पौडेलले ५०० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी दुर्गा न्यौपानेले २२३ मत प्राप्त गरे । त्यस्तै कोषाध्यक्षमा केशव पराजुलीले ५२५ ल्याएर बिजयी हुँदा उनका प्रतिस्पर्धी चिरञ्जीवी रेग्मीले २०१ मत प्राप्त गरे । सहकोषाध्यक्षमा गोविन्द तिवारीले ५२६ मत ल्याएर बिजयी भए । उनका प्रतिस्पर्धी लोकप्रसाद काफ्लेले १९९ मत प्राप्त गरेको निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए ।

सदस्यहरुमा पनि ९ जना सबै तिवारी प्यानलका उम्मेदवारहरु बिजयी भएका छन् । सदस्यहरुमा सबैभन्दा धेरै मत ल्याएर बिजयी हुनेमा स्वीकार कोईराला छन् । उनले ५५७ मत ल्याएका हुन् । त्यस्तै सदस्यहरुमा पार्वती पंगेनीले ५३८, विनोद पराजुलीले ५३४, नितु झेंडी रानाले ४९७, छायाँदेवी लुईटेल अधिकारीले ४८१, अनुरुद्र पाण्डेले ४८०, सुन्दर बिकले ४६०, रमेश भुसालले ४५९ र सुन्दर न्यौपानेले ३९७ मत ल्याएर बिजयी भए । वालिङ उद्योग वाणिज्य संघको भएको मतदानमा कूल ७८७ मत खसेको थियो । संघमा कूल ९३१ मतदाता रहेका छन् ।

लेखक / संवाददाता

रोशन लामिछाने

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।

सबै समाचार →