सबै समाचारसमाचारसमाजआँधिखोला सेरोफेरोराजनीतिस्वास्थ्यमनोरंजनपत्रपत्रिका बाटकृषिअर्थखेलकुदNewsअन्तराष्ट्रिय
News · आँधिखोला सेरोफेरो · समाचार · समाज

स्याङ्जामा एकै दिन १३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले फरार रहेका ९ पुरुष र ४ महिलालाई विभिन्न स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ परेका प्रतिवादीबाट अदालतको फैसला कार्यान्वयनका क्रममा ३० दिन कैद र २३ लाख ४० हजार ६१ रुपैयाँ जरिवाना असुल भएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये अंशबण्डा मुद्दाका ३ जना, लुटपिट मुद्दाका २ जना, सम्बन्ध विच्छेद मुद्दाका २ जना, कुटपिट मुद्दाका २ जना, चोरी मुद्दाका २ जना, चेक अनादर मुद्दाका १ जना र लेनदेन मुद्दाका १ जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादीको खोजी तथा अदालतका फैसला कार्यान्वयन अभियानलाई निरन्तरता दिइएको जनाउँदै फरार रहेका व्यक्तिलाई कानुनी प्रक्रियामा ल्याउने कार्य जारी रहने जनाएको छ।

लेखक / संवाददाता

रोशन लामिछाने

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।

सबै समाचार →