



नेकपा एमाले विरुवा गाउँपालिका कमिटिका अध्यक्ष प्रकाश थापाले गाउँको विकासमा सवै राजनितिक दल एकै ठाउमा उभिनुपर्ने बताएका छन् । १५ औ विरुवा महोत्सवको शुक्रबार विरुवा गाउपालिकाको केन्द्र विरुवा बजारमा उदघाटन गर्दै अध्यक्ष थापाले विकासमा सवै राजनितिक दल एकै ठाउँमा उभिन सके मात्रै विरुवामा विकास लहर आउने बताएका हुन् ।
विरुवा गाउँपालिका विकास गराउनु सवै दलको दायित्व भएको बताउदै उनले जनतामा उत्साह ल्याउन पनि सवै दलले विकासमा हातेमालो गर्नु आवश्यक रहेको औल्याए । एक फरक प्रसंगमा उनले गाउँपालिका भित्रको खेलकुदको गतिविधि सञ्चालन गर्न पर्याप्त मैदानहरु अभाव देखिएको बताए ।

“खेलकुदको संरचनाहरु निर्माण गरेर आगमी दिनमा खेलकुदलाई अगाडि बढाउन चाहन्छौ” उनले भने, “यसका लागि म योजनाबद्ध ढंगबाट अगाडि बढाउन पहल गर्नेछु ।” थापाले विरुवा गाउँपालिका भित्र आवश्यकता अनुसार कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा सम्बन्धी कार्यक्रमहरुको आयोजना गरिने बताए ।

बालकन्या युवा क्लव, समाज कल्याण आमा समुह, विरुवा बजार व्यवास्थापन समिति र उद्योग बाणिज्य विरुवा इकाई समितिको आयोजनामा भैरहेको महोत्सव ४ दिन सम्म संचालन हुने छ ।
वीरबल खड्काको अध्यक्षतामा भएको कार्यक्रम नन्द कुमारी खड्काले सञ्चालन गरेकी थिईन् । खेल संयोजक अब्बु मियाका अनुसार भलिवल खेल मेलाको मुख्य आकर्षण रहनेछ ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
