



जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चैत्र मसान्तसम्म हातहतियार बुझाउन आग्रह गरेको छ । यही बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित शान्तीपुर्ण रुपमा सम्पन्न गर्नका लागी आँफूसंग भएका हातहतियार सम्बन्धी प्रहरी कार्यालयमा बुझाउन आग्र गरेको हो ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य भएकाले गृह मन्त्रालयको निर्देशन तथा जिल्ला सुरक्षा समितिको आईतबार बसेको बैठकले जिल्ला भित्र रहेका ईजाजत प्राप्त हातहतियारहरु चैत्र मसान्ससम्म नजिकैको कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।

चैत मसान्तसम्म आ–आफ्नो नजिकको प्रहरी ईकाईहमा हातहतियार बुझाएर भरपाई लिन अनुरोध गरेको हो । यसरी बुझाईएका हातहतियारहरु जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कायर्कालय वालिङमा सुरक्षित साथ राखिने र निर्वाचन सम्पन्न भएपछि हतियार धनीलाई नै फिर्ता गरिने जनाईएको छ ।

प्रशासनले आदेश गरेको निर्धारित समयभित्र नबुझाएमा त्यस्ता व्यक्तिहरुको हातहतियार खोजतलास गरी कानुन अनुसार कारबाही गरिने समेत प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
