यही बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रशासन कार्यालय स्याङजाले आग्रह गरेको छ । निर्वाचन नजिकिएसंगै जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वच्छ, पारदर्शी, तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागी राज्यका सबै निकाय, मिडिया, राजनैतिक दल, उम्मेदवार र आम नागरिकको भुमिका महत्वपुर्ण रहेको भन्दै निर्वाचन आचारसंहितालाई पालना गर्न गराउन अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार निर्वाचन ऐन २०७३ ले दिएको अधिकार प्रयोगरी जारी गरेको निर्वाचन आचारसंहीता २०७८ का अनुसार राजनितिक दल, वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, व्याच, टाटु जस्ता सांकेतिक सामाग्री उत्पादन, प्रयोग, विक्रि वितरणवा प्रर्दशन नगर्न अनुरोध गरेको छ ।
त्यस्तै १८ वर्ष पुरा नभएका बालबालिकाहरुलाई निर्वाचन प्रचारप्रसारमा प्रयोग नर्गन, नगराउन, सार्वजानिक सडकका पोल वा कुनै सार्वजानिक स्थानमा दलको झण्डादल वा उम्मेदवारको निर्वाचन चिन्ह नराख्न, नटाँस्न, दलको झण्डा वा उम्मेदवराको चुनाव चिन्हको तोरण बनाई सार्वजानिक प्रर्दशनी नर्गन नगराउन भनेको छ । माईक वा लाउड स्पिकर लगाई सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी राजनितिकल दल वा उम्मेदवारका गित नाराहरु नबजाउन आग्रह गरिएको छ ।
त्यस्ता प्रतिबन्धीत कार्य भएमा तत्काल हटाउन समेत निर्देशन दिएको छ । यस्ता आचारसंहिता विपरित कार्य गरेमा सुरक्षाकर्मीको प्रयोग गरी त्यस्ता कार्य नियन्त्रित गरिने, तथा हटाईने र प्रचलित कानुन अनुसार कारबाहीका लागी निर्वाचन आयोग नेपालमा सिफारिस गरिने प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।