पुतलीबजारमा अनुगमन कार्यक्रम सम्पन्न

आँधिखोला सेरोफेरो कृषि समाचार समाज

पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएडिपि)को आर्थिक र प्राविधिक सहयोग तथा सुर्याेदय क्लब स्याङजाको व्यवस्थापनमा संचालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल अन्तरगत वितरण गरिएको अनुदानहरुको एक कार्यक्रमका विच अनुगमन गरिएको छ । सल्लाह सुझावहरु संकलन तथा नयाँ नयाँ कार्यक्रम संचालन गर्न अनुगमन गरिएको हो ।

वितरण अनुदानहरुको अनुगमन गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले प्राप्त अनुदानहरुलाई सहि सदुपयोग गर्न र आर्थिकका क्षेत्रमा काम गर्न अनुरोध गरिन् । नगरप्रमुख क्षेत्रले परियोजनाले राम्रा राम्रा कार्यक्रमहरु संचालन गर्दै आएकोले नगरबासीहरुलाई आर्थिक उत्पादनमा जोडीन आग्रह गर्दै बजारको जिम्मा पालिकाको भएको बताईन् ।

अनुगमनमा परियोजनाले वितरण गरेका टनेलहरु, बाख्रापालन, कुखुरा पालन, एक गाउँ एक उत्पादन र एक घर एक करेसाबारी, प्राविधिहरु, कृषि उपकरणहरु लगायत अन्यको अनुगमनका साथै कृषकका गुनासा तथा सुझाबहरु संकलन गरिएको थियो । १४ वडाहरु र २९० टोल विकास संस्था रहेको पुतलीबजार नगरपालिकामा करिब ३ वर्ष देखि परियोजना संचालन हुदै आएको छ ।

पुतलीबजार नगरपालिका र युएनडिपिको गरि २ करोड ३६ लाखमा संचालित परियोजनाले गाउँगाउँको मुहार फेरेको सुर्याेदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए । गाउँगाउँमा परियोजना संचालनमा आए सगै विदेशबाट आएको तरकारी गाउँजान बन्द भएको उनले बताए । उनले घरको उत्पादनले आर्थिक संकलन समेत शुरु भएको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *