भारतमा फेरी बढ्यो कोरोनाको संक्रमण

अन्तराष्ट्रिय समाचार समाज स्वास्थ्य

भारतमा कोरोनाको संक्रमण फेरि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशमा १५ हजार ७८९ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यो १०० दिन यताकै उच्च हो ।

शुक्रबार २० जना बिरामीको मृत्युसमेत भएको छ । देशमा कोरोना सङ्क्रमण दर ४ दशमलव ३२ प्रतिशत पुगेको छ । देशका पाँच राज्यमा यो दर ८ प्रतिशतभन्दा बढी छ । यसअघि बिहीबार १७ हजार ३३६ नयाँ सङ्क्रमित भेटिएका थिए भने १३ जनाको मृत्यु भएको थियो ।

देशमा उपचार गराइरहेका सक्रिय बिरामीको सङ्ख्या पनि बढेर ९० हजार २७२ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३५७ बिरामी निको भएका छन् । भारतमा संक्रमण बढ्दै गएपछि विज्ञहरूले फेरि चौथो लहरको चेतावनी दिइरहेका छन । विज्ञहरूका अनुसार कोरोनाको चौथो लहर जुलाईमा आउने सम्भावना छ, जुन अक्टोबरसम्म रहन सक्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *