पूर्वराजा शाहलाई पूर्वराष्ट्रपति सरह मर्यादामा राख्ने प्रस्ताव अस्वीकार

समाचार समाज

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्रपतिसरह मर्यादाक्रममा राख्ने गृह मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकार गरेको छ । पूर्वराजालाई मर्यादाक्रममा नराखी मन्त्रिपरिषद्ले यससम्बन्धी नयाँ सूची स्वीकृत गरेको छ ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिको मर्यादाक्रम संशोधनसम्बन्धी गृह मन्त्रालयले गत महिना नै प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो, जसमा पूर्वराजालाई मर्यादाक्रमको छैटौँ स्थानमा राख्ने गृहको प्रस्ताव थियो । तर, पूर्वराजालाई पूर्वराष्ट्रपतिकै हैसियतमा राख्दा विवाद हुन सक्ने भएकाले हटाइएको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *