नेपाली सेनाले निर्माण गरेका संरचनाहरु समितिलाई हस्तान्तरण

आँधिखोला सेरोफेरो समाचार समाज

स्याङ्जा जिल्लाको ऐतिहासिक रुपमा रहेको नुवाकोट गढीलाई नेपाली सेनाले मर्मत गरेको छ । मध्य कमाण्ड पोखराको पहल र समरजीत गुल्म आँधिखोला व्यारेकको समन्वयमा पुतलीबजार नगरपालिका वडा नं. ५ मा रहेको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व रहेको नुवाकोट गढीको मर्मत संभार तथा चौतारी पुनर्निर्माण गरेको हो ।

नेपाली सेनाले निर्माण गरेका संरचनाहरु गढी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै नेपाली सेना मध्य कमाण्ड सेनापति तथा उपरथी बाबुराम श्रेष्ठले आवश्यकता अनुसार नुवाकोट गढीमा ताराजाली, प्रतिक्षालय र राजाको चौतारी मर्मत तथा निमार्ण गरेको बताए । उपरथी श्रेष्ठले नेपाली सेनामा धेरै परिवर्तन आएको बताउदै समाजमा रचनात्मक तथा उदाहरणीय कार्य गर्दै आएको बताए । उनले नेपाली सेनाले धार्मिक तथा प्राचिन महत्वका सम्पदाहरुलाई संरक्षणको कार्य गर्दै आइरहेको जानकारी समेत दिए ।

सेनाले धार्मिक तथा ऐतिहासिक महत्वको पुरानो राजाको चौतारी र परिसरमा तारजाली तथा गढीमा प्रतिक्षालय निर्माण गरेको छ । आ.व.२०७८÷०७९ मा तत्काल प्रभाव पार्ने परियोजनाको लागि १५ लाख रुपैयाँको लागतमा संरक्षण तथा मर्मत कार्य गरेको नेपाली सेनाको समरजीत गुल्मले जनाएको छ । नुवाकोट गढी ऐतिहासिक तथा सामरिक महत्वको स्थान रहेको नेपाली सेनाले जनाएको छ । मर्मत गरिएको स्थानमा श्री कालाभैरव पुरातात्विक मन्दिर तथा अन्य प्राचिन सामरिक महत्वको गढी भएकोेले मर्मत संभार गरिएको थियो ।

कालाभैरव पुरातात्विक मन्दिर तथा अन्य प्राचिन सामरिक महत्व बोकेको स्थानको संरक्षण तथा पूर्ननिर्माणका लागि पालिकाले ४० लाख रकम विनीयोजन गरेको पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले बताईन् उनले कालाभैरव पुरातात्विक क्षेत्रलाई सबैले संरक्षण गर्नुपर्नेमा जोड दिईन् ।

धार्मिक तथा पुरातात्विक महत्वको नुवाकोट गढी मर्मत तथा संरक्षणको कार्य समरजीत गुल्म आँधीखोला व्यारेकले २०७८ चैत्र २४ गतेबाट निर्माण कार्य सुरु गरिएको थियो । कालाभैरव धार्मिक तथा पुरातात्विक नुवाकोट गढीमा नेपाली सेनाले धेरै सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङ्गले बताए । कार्यक्रममा ईतिहासविद प्राध्यापक डा.दिल बहादुर क्षेत्री लगाएतले मन्तव्य राखेका थिए ।

संरचना हस्तान्तरण कार्यक्रममा नं. ३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रेम पुन र समरजीत गुल्मका गुल्मपति सेनानी अशोक कुमार मल्ललाई सम्मान पत्र प्रदान गरिएको थियो । साथै कार्यक्रममा नं.३ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी विष्णु कार्की, पुतलीबजार नगरपालिका वडा नं. ५ का वडाध्यक्ष अर्जुन कुमार कार्की, मिडियाकर्मी तथा स्थानीय बासिन्दाहरु गरि करिव ३०० जनाको उपस्थिति रहेको ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *