मृगौला पिडित गुरुङलाई जिफन्टको आर्थिक सहयोग

आँधिखोला सेरोफेरो समाचार समाज स्वास्थ्य

नेपाल ट्रेड युनियन महासंघ जिफन्टको ३३ औं स्थापना दिवसको अवसरमा मृगौला पिडिट जिफन्ट सदस्यलाई आर्थिक सहयोग वितरण गरिएको छ । पुतलीबजार नगरपालिका ११ फापरथुममा रहनुभएकी जिफन्ट सदस्य मृगौला पिडित बागमती गुरुङलाई आर्थिक सहयोग वितरण गरिएको हो ।

मृगौला पिडित गुरुङलाई ८ हजार उपलब्ध गराउदै नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा जिफन्ट स्याङजाका पूर्व इन्चार्ज सुभाष खातीले मजदुरहरुका लागि जिफन्टले रचनात्मक कार्य गर्दै आएको बताए । उनले आगामी दिनहरुमा पनि अन्य महानुभावहरुलाई सहयोग गरिने जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा क्युसेक जिल्ला सचिव भीम बहादुर नेपाली, विष्णुदेवि आमा समुहकी अध्यक्ष भीमा गुरुङ र जिफन्ट नगर सदस्य सनबहादुर गुरुङ लगाएतको सहभागीता रहेको थियो ।

गण्डकी प्रदेश सदस्य उमा देवि बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव भीमा थापाले गरेकी थिईन् । जिफन्टले मृगौला पिडित गुरुङको घरमै गएर आर्थिक सहयोग उपलब्ध गराएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *