पुतलीबजारमा ४ दिने रेफ्री प्रशिक्षण सुरु

आँधिखोला सेरोफेरो खेलकुद मनोरंजन समाचार समाज

जिल्ला भलिवल संघ र जिल्ला भलिवल रेफ्री कमिशन स्याङ्जाको आयोजनामा आयोजित जिल्ला स्तरीय ४ दिने भलिवल रेफ्री प्रशिक्षण बुधबार देखि पुतलीबजारमा शुरु भएको छ । खेलीडीहरुको खेल विकाउन, खेलाडीहरुलाई सक्षम बनाउन तथा खेलाडीहरुमा उत्साह र मनोवल वृद्धि गर्न रेफ्री प्रशिक्षण शुरु गरिएको हो ।

प्रशिक्षणको उदघाटन गर्दै गण्डकी प्रदेश युवा तथा खेलकूद मन्त्री राजिब गुरुङले खेलाडीको मनोवल, ज्ञान र अनुशासित बनाउन यस्ता प्रशिक्षणको आवश्यकता पर्ने बताए । गण्डकी प्रदेश सरकारले खेल र खेलकूदका थप कार्यक्रम बनाएर अघि बढ्ने समेत उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ्, प्रमुख जिल्ला अधिकारी राजु पौडेल, नेपाल भलिवल संघका रेफ्री एवं प्रशिक्षक गौतमराज लासिग, जिल्ला भलिवल संघ स्याङ्जाका अध्यक्ष वीरेन्द्र खड्का, प्रशिक्षार्थी अशोककुमार थापा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

रेफ्री कमिशन तथा कार्यक्रम संयोजक संयोजक अनिल रानाको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा कमिशनका सदस्य डीलबहादुर रानाले स्वागत एवं महासचिव राजेन्द्र शर्मा अर्यालले संचालन गरेका थिए । प्रशिक्षण कार्यक्रममा तनहुँ, पर्वत र स्याङ्जाका गरी झण्डै एक सय जना खेलाडीहरुको सहभागीता रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *