भव्यताका साथ स्याङजामा निजामती सेवा दिवस सम्पन्न

आँधिखोला सेरोफेरो मनोरंजन समाचार समाज

व्यवसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन भन्ने मुल नाराका साथ १९ औं निजामती सेवा दिवस २०७९ समारोह पुतलीबजारमा रहेको सिटीहलमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले कर्मचारीलाई काम गर्न मिल्ने मात्रै काम गर्न निर्देशन दिए ।

प्रजिअ पौडेलले व्यक्तिगत लोभका कारण कर्मचारी क्षेत्रमा आच आउने कुनै पनि काम नगर्न सुझाउदै उनले कागज पत्र मिलेका सेवाग्राहीका छिटो काम गर्नुपर्ने बताए । उनले जिल्लामा निजामती कर्मचारीको पहिलो एतिहासीक कार्यक्रम भएको बताउदै कर्मचारीमा काम गर्ने उत्साह थप हुने जिकिर गरे ।

कार्यक्रममा निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष अमर बहादुर पराजुली, निजामती कर्मचारी युनिय स्याङजाका अध्यक्ष ज्ञानप्रसाद अर्याल र राष्ट्रिय कर्मचारी संगठन (निजामती) स्याङजाका अध्यक्ष गुरुदत्त ढकाल लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक सहकायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कर्मचारी मिलन केन्द्र स्याङजाका सचिव मधव प्रसाद लम्सालले गरेका थिए भने स्वागत मन्तव्य आधिकारी ट्रेड युनियन स्याङजाका अध्यक्ष राजु मरासिनीले राखेका थिए ।

कार्यक्रमको पूर्व सन्ध्यामा भएको भलिवल र व्याडमेन्टीन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । भलिवल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय स्याङजा प्रमथ र समरजित गुल्म आधिखोला व्यारेक दोस्रो भएको थियो ।

त्यसैगरी पुरुष व्यटमेन्टीनमा राष्ट्रिय अनुसन्धानको टिम प्रथम र कोलेनिकाको टिम दोस्रो भएको थियो भने महिला व्यटमेन्टिमा कारागारको टिम प्रथम र नेपाल विद्यृत प्राधिकरण स्याङजा शाखाको टिम दोस्रो भएको थियो । सोही अवसरमा नेपाल रेडक्रस सोसाईटी स्याङजा शाखाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *