



जिल्ला प्रहरी कार्यालय स्याङजा विभिन्न विद्यालयबाट कम्प्यूटर चोरी गरी विक्रि वितरण गर्ने ७ जनालाई नियन्त्रणमा लिएको छ । फेदीखोला ४ मा रहेका आरुखर्क आधारभूत विद्यालय र राम्चेदेवी आधारभूत विद्यायलबाट कम्प्यूटरहरु, प्रिन्टरहरु र प्रोजेक्टर लगाएतका सामाग्री चोरी गरी विक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा फेदीखोला ४ का २६ वर्षीय प्रेम वि.क, २१ वर्षिय सुमन सुनार, पुतलीबजार ४ का १९ वर्षिय समिर सुनार रहेका छन् । त्यसैगरी चोरी गरिएका सामान विक्री गर्ने सुन्दर बजार ११ लम्जुङका २९ वर्षिय राजु मजाकोटी र २७ वर्षिय अमृत दुरा, कास्कीका २९ वर्षिय प्रविन नेपाली र ३७ वर्षिय दिपेन्द्र पोख्रेललाई प्रहरीले पक्राउन गरेको छ ।

उनीहरुले गत २४ गते राती विद्यालय तोडफोट गरि सामाग्रीहरु चोरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेतले जानकारी दिए । उनीहरुलाई चोरी तथा डाका मुद्धामा दर्ता गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
