हुनिकोटमा इको भिलेज ब्यवस्थापन तालिम सम्पन्न

आँधिखोला सेरोफेरो मनोरंजन समाचार समाज

पुतलीबजार नगरपालिका र सयुक्त राष्ट्रसंघिय बिकास कार्यक्रम यूएनडीपीको आर्थिक सहयोग तथा सुर्योदय क्लबको ब्यबस्थापनमा पुतलीबजार नगरपालिका २ हुनिकोटमा संचालित ३ दिने ईको होमष्टे तालिम समापन भएको छ ।

स्थानीय खाद्य बस्तुको उपयोग गर्दै बिभिन्न परिकार निर्माणगरी पर्यटकलाई खुवाउने लक्ष्यका साथ तालिमको आयोजना गरिएको कल्बका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।

तालिमको समापन कार्यक्रममा बोल्दै पुतलीबजारका कार्यवाहक नगर प्रमुख मनोज पोैडेलले तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गरी इको होमस्टेलाई प्रवद्धन गर्न सुझाव दिए । उनले पछिल्लो समयमा तालिमहरु तालिममा मात्रै सिमित भएको बताउदै पछि अनुगमन गरिने बताए ।

कार्यक्रममा योजना अधिकृत ताराचन्द्र ढकाल, क्लवका उपाध्यक्ष बलराम दोरंगा, मुख्य प्रशिक्षक प्रिन्स गुरुङ् र सहभागि सुनिता अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । वडा नं. २ का अध्यक्ष भिमबहाुर गुरुगको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सृष्टि श्रेष्ठले गरेकी थिईन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *