निर्वाचन आयोगद्वारा स्याङ्जामा निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आयोगले स्याङ्जा सदरमुकाम पुतलीबजारमा निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
प्रदेश तथा प्रतिनिधि सभा २०७९ निर्वाचन समीक्षा कार्यक्रममा निर्वाचन आयोगका आयुक्त जानकी कुमारी तुलाधर, मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश रोमाकान्त ज्ञवाली, प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री लगायतले निर्वाचनसँग सम्बन्धित कर्मचारी र करिब ३० जना मतदान अधिकृतहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त जानकी कुमारी तुलाधरले आवधिक निर्वाचनको महत्वमाथि प्रकाश पार्दै निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताईन् । प्रमुख जिल्ला अधिकारीले निर्वाचन अधिकारीले निर्वाचन स्वच्छ स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न भूमिका खेल्ने सबैप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा न्यायधीश रोमाकान्त ज्ञवालीले निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको बताए ।
कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले निर्वाचनका विविध पक्षमाथि प्रकाश पारेका थिए भने सहभागी मतदान अधिकृतहरुका बिचमा विभिन्न समूह बनाइ छलफल र प्रतिवेदन प्रस्तुत गरिएको थियो । निर्वाचनको तयारी निर्वाचन सञ्चालन मतदान प्रक्रिया मतगणना निर्वाचन आचार संहिताको पालना मतदाता परिचयपत्रको प्रभावकारिता लगायतका विविध पक्षमा सम्बन्धित अधिकृतहरुले समीक्षा तथा सुझाव प्रस्तुत गरेका थिए ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।