सहकारी संघ स्याङजाको साधारण सभा सम्पन्न

आँधिखोला सेरोफेरो समाचार समाज

जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङजाको १० औं वार्षिक साधारण सभा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपती पौडेलले सरकारीहरु निती, विधी र प्रविधिमा चल्नुपर्नेमा जोड दिए ।

उनले बर्तमान समयमा सहकारीको वदनाम भएको बताउदै सरकारीहरुलाई सरोकारवाला निकायहरुले खबरदारी गर्नुपर्ने बताए । कार्यक्रममा नेप्कनुका पूर्व सल्लाहकार भिम गुरुङ, बचत संघका संस्थापक अध्यक्ष तथा सल्लाहकार अनन्तकुमार श्रेष्ठ, सहकारी बैंक पुलतीबजार शाखाकी प्रमुख पुष्पा श्रेष्ठ र जिल्ला सहकारी संघका कोषाध्यक्ष शिवराज वाग्ले लगाएतले मन्तव्य राखेका थिए ।

जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङजाका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अच्युप्रसाद पोख्रेलले गरेका थिए भने स्वागत मन्तव्य संघका उपाध्यक्ष यज्ञप्रसाद पाठकले राखेका थिए ।

सोही कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष लेखबहादुर केसी र लेखा तथा सुपरिवेक्षण प्रतिवेदन लेखा समितिका संयोजक मुक्तिप्रसाद पाण्डेले प्रस्तुत गरेको संस्थाका व्यवस्थापक हुमनारायण शर्माले जानकारी दिए । संस्थाले जिल्ला भरी रहेको बचत तथा ऋण सहकारी संस्थाहरुलाई आवश्यक सहजिकरण गर्दै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *