पुतलीबजार नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

आँधिखोला सेरोफेरो समाचार समाज

पुतलीबजार नगरपालिकाले वडा नं. १४ को सतौकोटमा प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९।८० को प्रथम चौमासिक अवधिमा भए गरेका योजना तथा कार्यक्रमहरुको समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले जिल्ला अस्पतालमा डायलसिस निशुल्क शुरु गरिएको बताए । उनले लामागे चण्डीस्थानको सडक डीपीआर पछाडी स्तरोन्नती गर्ने बताउदै अधुरा अयोजनाहरुमा काम शुरुगरीएको बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाले शिक्षा विभागको निर्देशनमा शिक्षकहरुको खटनपटन गर्नुपरेको बताउदै बास्तकिताका आधारमा दरबन्धी मिलान गरिने उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सहसचिव प्रकाश पौडेल, नेकपा एमालेका नगर सचिव अमृत नेपाली, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज नारायण प्रसाद लम्साल, राप्रपाका जिल्ला सचिव श्यामकृष्ण श्रेष्ठ, स्याङजा च्याम्बर अफ कमर्शका उपाध्यक्ष डोलराज शर्मा कृष्ण, पाणिनी आश्रमका वरिष्ठ उपाध्यक्ष चुडामणी शर्मा, रजश्थल माविका प्रअ लेखनाथ ढकाल, भुपेन्द्र पौडेल, ज्ञानेन्द्र ढकाल, गंगाबहादुर जिटी, रामप्रसाद ढकाल र जगत केसी लागयतले नगरका योजना तथा सेवा प्रवाहका विषयमा जिज्ञासा राखेका थिए ।

उठेका जिज्ञासाको जवाफ दिदै प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, शिक्षा शाखा प्रमुख बाबुराम बराल, योजना तथा राजश्व शाखाका प्रमुख ताराचन्द्र ढकाल, बातावरण तथा प्रशासन शाखा प्रमुख धनप्रसाद कोईराला र राजश्व शाखाकी सिर्जना लामिछाने लगायतले सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका थिए । नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रेडियो स्याङजाका प्रमुख व्यवस्थापक रमेश गोदारले गरेका थिए भने स्वागत मन्तव्य वडा अध्यक्ष जितेन्द्र प्रकाश मल्ले राखेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *