स्याङजाका विवादित २ डिएसपीले बुझे रमना पत्र

आँधिखोला सेरोफेरो समाचार समाज

स्याङजाको वडा प्रहरी कार्यालय वालिङ र इलाका प्रहरी कार्यालय चापाकोटमा कार्यरत प्रहरी नायव उपरीक्षकहरु क्रमशः ढकेन्द्र खतिवडा र खर्ग नारायण शाह सरुवा भए सगै रमना पत्र बुझेका छन् । खतिवडाको प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशालय बजेट शाखामा र शाहको अनिवार्य अवकाश हुने भएपछि रमना पत्र बुझेका हुन् ।

वडा प्रहरी कार्यालय वालिङमा कार्यरत खतिवडाले शान्ति सुरक्षाको नाममा स्थानीयहरुलाई सास्ती दिदै आएका थिए भने इलाका प्रहरी कार्यालय चापाकोटमा कार्यरत शाहले व्यवसायीहरु सग हप्ता उठाउदै आएका थिए । खतिवडाले वालिङमा रहदा फनिचर व्यवसायीहरुबाट मोटो रकम असुदै आएको आरोप लागेको थियो भने शाहले निर्माण व्यवसायीहरु सग मिलेमतो गरि रकम असुलेको स्थानीयले जानकारी दिए ।

प्रनाउ खतिवडाले वडा प्रहरी कार्यालयमा दर्ता हुन आएको मुद्धाहरुलाई दर्ता नगरी विपक्षीहरुबाट कार्यालयको गाडीका टायर किन्न लगाएका थिए भने चापाकोटका शाहले अबैध काठबाट फनिचरका सामान बनाई काठमाडौ घरमा लगेको आरोप लागेको छ । त्यसैगरी खतीवडाले वालिङ नगरपालिकाबाट प्रहरी निरिक्षकलाई निवास बनाउन ल्याएको ५ लाखको बेरुजु आएको छ भने शाहले आर्थिक प्रलोभनमा परी चापाकोटका विभिन्न नाकाहरुमा हुने तस्करीमा मौन बसेका थिए ।

तर प्रनाउ खतिवडा र शाहले आफुहरुले त्यसो नगरेको बताए । उनीहरुले आँधिखोला एक्सप्रेस डटकम सगको कुराकानीमा आफुहरुलाई आरोप मात्रै लगाईएको बताए । उनीहरुले प्रमाण पेश गर्न सम्बन्धीत पक्षलाई आग्रह गरे । दोषी ठहर भएको खण्डमा आफुहरु सजाए भोग्न तयार भएको उनीहरुले बताए । खतिवडाले यसो बताए पनि स्थानीय एक व्यपारीलाई फ्रिज किन्न लगाएर दुःख दिएका थिए । खतिवडा र शाह प्रहरी प्रधान कार्यालय काठमाडौं र प्रहरी प्रदेश कार्यालय पोखराबाट पटक पटक अनुसन्धानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खतिवडा २०७८ साल चैत्र महिनामा पोखराबाट वडा प्रहरी कार्यालयमा काजमा सरुवा आएका थिए भने चापाकोटका शाह रुपन्देहीबाट आएका थिए । इलाका प्रहरी कार्यालय चापाकोटमा नेपाल प्रहरी प्रदेश कार्यालय मानवश्रोत व्यवस्थापन शाखा पोखराबाट राजेन्द्र अधिकारी आएका छन् भने वडा प्रहरी कार्यालय वालिङमा गुल्मी प्रहरी कार्यालयमा कार्यरत माधवराज खरेलको काज सरुवा भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *