



खेल संचालन भैरहेको बेला हेलिकप्टर ल्याण्ड गरेको आरोपमा पाईलट कुटपीट गर्ने र हेलीमा सवार यात्रुहरु धरौटीमा छुटेका छन् । स्याङजाको वालिङमा फुटवल खेल संचालन भैरहेको बेला सोही स्थानमा प्रभुको हेलिकप्टर ल्याण्ड भएको थियो ।
धरौटीमा छुट्नेहरुमा पाईलटलाई कुटपीट गर्ने २ जना र हेलीमा सवार ४ जना रहेको प्रहरीले जनाएको छ । छुटेका मध्ये ४ जना ३÷३ लाख र पटकेमा परेका २ जना ४÷४ लाखमा छुटेको स्याङजा अदालतले जानकारी दिएको छ ।

Facebook Comments Box

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
