पुतलीबजारमा २३ वर्ष मुनिका लागी दौड प्रतियोगिता सम्पन्न भएको छ । ड्रीम चेजर्स युथ क्ल्ब पुतलीबजार-१३ , स्याङ्जाले जिल्लास्तरीय ३ किलोमिटर अण्डर तेईस पुरुष दौड प्रतियोगिताको आयोजना गरेको हो ।
समाज विकास युवाको काँधमा भन्ने नाराका साथ केहि समय अघि मात्रै स्थापना भएको क्लबले खेलको विकास र सामाजिक काममा युव सहभागिता बढाउने उद्देश्यले क्लब स्थापना गरेको हो । प्रतियोगितामा पुतलीबजार १३ का यामबहादुर केसी प्रथम, अर्जुनचौपारी गाउँपालिकाका फनबहादुर रोका द्धितिय र अर्जुनचौपारीकै विशाल रोका तृतिय भएका छन् ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै पुतलीबजार नगरउपप्रमुख देवि अर्यालले खेलले युवाहरुलाई शारिरिक विकास संगै मानसिक विकास समेत गर्ने भन्दै क्लबले खेल क्षेत्रको विकासका लागी यस्ता प्रतियोगिताको आयोजना गर्नु निकै सराहनीय भएको बताईन् । खेल क्षेत्र र खेलाडिको विकासका लागी पुतलीबजार नगरपालिका प्रतिवद्ध रहेको भन्दै युवाहरुले समाज विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने उपप्रमुख अर्यालले बताईन् ।
कार्यक्रममा स्याङ्जा भलिबल संघका उपाध्यक्ष दिपेन्द्र खांण, क्लबका अध्यक्ष रविन गोदार लगायतले बोलेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ७ हजार ७७७, ४ हजार ४४४ र २ हजार २२२ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा जिल्लाका १६ जनाको सहभागिता रहेको थियो । दौड प्रतियागितामा कुलबाध दियालो स्कुलदेखि तोरीखोला पुलसम्मको दुरी निर्धारण गरिएको थियो । क्लबले पुतलीबजार १३ मा नगरपालिकाको सहयोगमा चौर निर्माण गरिरहेको क्लबका अध्यक्ष गोदारले बताए ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।