६१ किलो सुन तस्करीको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाइयो

समाचार समाज

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवदेन जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा बुझाएको छ । सिआइबीले बुधवार जिल्ला सरकारी वकील कार्यालयमा ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रवक्ता महेशप्रसाद खत्रीले अनुसन्धान प्रतिवेदन कार्यालयमा आएको जानकारी गराए । उनले अनुसन्धान प्रतिवेदन अध्ययन गर्न बाँकी नै भएको भन्दै प्रतिवेदनलाई हेर्दा फरार प्रतिवादीहरु समेत गरेर २९ जनालाई प्रतिवादी बनाइएको बताए ।

उनले संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न ६० दिनसम्मको समय हुने भन्दै आज ५७ दिन पुगिसकेकाले बाँकी रहेको ३ दिनभित्रमा अदालतमा अभियोजनका लागि पेस गर्ने बताए ।

उनले रातदिन काम गरेर भएपति बाँकी रहेको तिन दिनभित्रमा सरकारी वकीलको कार्यालयले गर्नुपर्ने काम सक्ने र समयसीमा भित्रै मुद्दा अदालतमा दर्ता गर्ने जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *