सरकारी छाप र कागजपत्र किर्ते गर्ने पुतलीबजारका ३ जना पक्राउ

आँधिखोला सेरोफेरो समाचार समाज

जिल्ला प्रहरी कार्यालय स्याङजाले सरकारी छाप र कागजपत्र किर्ते गर्ने पुतलीबजारका ३ जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिकाको पत्रका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१, कालाखोलाका वर्ष ३३ का रामप्रसाद पौडेल, ट्याक्सीचोक बस्ने वर्ष ४० का शालिकराम पोख्रेल र टक्सार घर भई हाल पोखरा बस्ने ४७ वर्षका रामचन्द्र सुवेदी रहेका छन् ।

पौडेलले आफु अष्ट्रेलिया जानको लागि पुतलीबजार नगरपालिकाको कागजपत्र, छाप र सही किर्ते गरेका थिए भने पोख्रेल र सुवेदीले जिल्ला प्रशासन सहित विभिन्न ७ वटा सरकारी कार्यालयका छाप बनाउन सहयोग गरेको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

पुतलीबजार नगरपालिकाको पत्रका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक संजय रावतले जानकारी दिए । उनीहरुले सरकारी छापको दुरुपयोग गरी कागजपत्र तयार गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए । अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको उनले बताए ।

अष्ट्रेलिया जान खोज्ने पौडेलले पुतलीबजार नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको किर्ने सही गरी पालिकामा शाखा अधिकृत भएको नियुक्ती पत्र दुतावासमा पेश गरेका थिए भने दोस्रो पटक वर्तमान प्रमुख प्रशासकीय अधिकृत हरीराम नागिलाको किर्ते सही गरी बाहालवाल शाखा अधिकृत भएको पत्र दुतावासमा पेश गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *