



कालिका माध्यामिक विद्यालय पुतलीबजार नगरपालिका–१३, झापाकोटका अध्यक्ष मीनप्रसाद कोइरालालाई विद्यालयको उत्कृष्ट व्यवस्थापन गरेबापत राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित गरिने भएको छ । काजीमान हरिटीका माविका पुतलीबजार नगरपालिका–३ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठसँगै कोइराला उक्त पुरस्कारका लागि छनौट भएका हुन् ।
कोईरालाले आफ्नो अघिल्लो कार्यकालमा विद्यालय तथा कक्षा एघार र बाह्रका विद्यार्थीले पढ्ने भवन, वातावरण मैत्री शौचालयको भवन, प्राध्यापक तथा पुस्तकालयको भवनको निर्माण र विद्यार्थी मैत्री फर्निचरको व्यवस्थापन गर्दै विद्यालयको भौतिक व्यवस्थापनमा रचनात्मक भूमिका खेलेका थिए।

उनले शिक्षा तर्फ २०६६ सालबाटै विद्यालयका हरेक तहमा इन्चार्जको व्यस्थापन गर्दै कक्षा नर्सरीमा अडियो भिजुअलद्वारा सिकाइ र विद्यालयमै कम्प्युटर ल्याबको व्यवस्था, ईन्टरनेटको प्रयोग मार्फत सिकाइ विकासमा प्रभावकारी भूमिका खेलेका थिए ।

कोइरालाले व्यवस्थापन समितिको दोश्रो इनिङमा विद्यालय परिसरभित्रै दिवाखाजा र चमेनागृह तथा स्टेशनरीको व्यवस्थापनका साथै भवनका जीर्ण झ्यालढोका मर्मत सम्भार र झन्डै पचास सेट नयाँ डेस्क बेन्चको व्यवस्थापन गरेका प्रअ विकल्प शर्माले जानकारी दिए । उनले विद्यालयमा अध्यानरत विद्यार्थी र शिक्षकलाई एक हजार भन्दा धेरै रैथाने बाह्रमासे सुनकागतीको विरुवा र दुई हजार डाले घाँसको विरुवा निशुल्क उपलब्ध गराएका थिए ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
