जिल्ला समन्वय समिति स्याङजाले चापाकोट क्षेत्रमा भएका गिट्टा, बालुवा र ढुङ्गाको अबैध उत्खन्नमा अनुगमन गरेको छ । समन्वयले चापाकोट क्षेत्रबाट आएका गोप्य उजुरुका आधारमा जिल्ला प्रशासन, प्रहरी कार्यालय, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, कर कार्यालय, पूर्वाधार विकास कार्यालय र संचारकर्मीको रोहोवरमा अनुगन गरेको हो ।
अनुगमन पश्चात अनुगमन समितिका संयोजक जिल्ला समन्वय समितिका उपाध्यक्ष खड्कराज सुवेदीले चापाकोटमा उजुरमा उल्लेख भए जस्तै कालीण्डकी नदीबाट निर्माण सामाग्री उत्खनन् भएको पाईएको बताए । उनले अनुगमनका क्रममा ७ जनालाई कारबाही गरीएको र १५ लाख बराबरको राजश्व संकलन हुन सक्ने बताए ।
अनुगनका क्रममा कालीगण्डकी नदीबाट अबैध उत्खनन् गरी स्टक राख्ने अमर कन्ट्रक्सन, वडा सदस्य सन्तोष थापा, होमबहादुर विक, शिव श्रेष्ठ, विनोद कार्की र बनकट्टाको क्रसर उद्योग रहेका छन् । उनीहरुलाई एक हप्ताको समय प्रदान गरी चापाकोट नगरपालिकामा राजश्व जम्मा गरे पश्चात मात्रै सामान चलाउन समितिले निर्देशन गरेको छ ।
टोलीले गल्याङ नगरपालिकाको वेलचौरबाट शुरु गरी चापाकोट नगरपालिका ७, बनकट्टा सम्म ७ स्थानमा अनुगमन गरेको थियो । आवश्यकता अनुसार केही समय पछि फेरी अनुगमन गरिने संयोजक सुवेदीले जानकारी दिए ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।