अविरल वर्षासगै गएको पहिरोले घर पुरिदाँ स्याङजामा ४ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । बिरुवा ६ लामाखेतमा इश्वरी लम्सालको घर पहिरोले पुरिदाँ ३ जना, आँधिखोला ३ मा १ जना र भीरकोटमा १ जना वेपत्ता भएका हुन् ।
पहिरोका कारण मृत्यु हुनेहरुमा विरुवा ६ का ६५ बर्षिय गुईश्वरी शर्मा मरासिनी, ५८ बर्षिय हरिदेबी शर्माको मृत्यु र ६६ बर्षिय माधब शर्मा रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । त्यसैगरी मृत्यु हुनेमा आँधिखोला ३ का ३५ वर्षीय झलक प्रसाद पौडेल रहेका छन् भने वेपत्ता हुनेमा भीरकोट ५ की ७१ वर्षीय ख्यामकुमारी मल्ल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
त्यसैगरी वर्षा सगै आएको पहिरोले गल्याङ नगरपािलका वडा न. –७ देबिस्थानमा मिना थापाको गोठ बगाउदाँ एक भैसी र एक पाडो मरेको छ । यस्तै बिष्णु मायाँ थापा, मित्र कुमारी बराल, यम बहादुर हिटानको घर जोखिममा परेको प्रहरीले जनाएको छ । यस्तै पुतलीबजार नगरपािलका वडा नं.–१ मा फारुक अलिको वर्कसप पहिरोले पुरिदाँ बा ०२–०५० प ४०१८ नम्बरको स्कुटर पुरिएको छ भने मोटरसाइकल धुने दुई वट मेसिन पुरिएको छ भने वडा नं.–३ कालीमाटीमा पहिरोले आसा रोक्का एक तले पक्कि घर जोखिममा परेको छ ।
आँधीखोला गाउँपािलका–३ मा मनमायाँ बिकको गोठमा मािथबाट पिहरो आई गोठ पुर्ण रुपमा क्षति हुदाँ दुई वटा बाख्रा मरेका छन् । अर्जुन चौपरी–३ की सरस्वती दमाईको घर भत्किएको छ भने वडा नं.–० १ डारेगौडाँका गुड्डु दमाईको आशिक रुपमा क्षति पुगेको छ । अर्जुन चौपरी १ कै टोप बहादुर गुरुङले खेत जोत्न लिएर हिडेको गोरु खाल्टे ठाडो खोलाले बगाएको छ । वालिङ नगरपालिका १ रामबाच्छामा टेक बहादुर बिकको गोठ पुरिदाँ दुई वटा बाख्रा मरेका छन् भने एक वटा घाइते भएको छ ।
गल्याङ नगरपािलका –६ पिडखोलामा देव बहादुर गुरुङले जोत्न लिएर हिडेको गोरु जमिन भासिदाँ बेपत्ता भएको छ । पहिरोले सिदार्थ राजमार्ग सगै ग्रामिण सडकको यातायात अबरुद्ध भएको प्रनाउ रानाले बताए । वालिङमा हिजोबाट विद्युत नहुदा सम्पर्क विच्छेद भएको छ ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।