सिद्वार्थ राजमार्गको गल्याङ पोखरा सडक खण्ड अन्तर्गत स्याङजाको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा र गल्याङ–३ गल्याङ बजारनजिकै राजमार्ग भासिँदा साना ठुला गरी सयौं सवारीसाधन बाटैमा रोकिएका छन् ।
तिन दिनदेखि भएको वर्षा नरोकिएपछि आइतबार बिहान सडक भासिएको जिल्ला प्रहरी कार्यलय स्याङजाले जनाएको छ । आँधिखोला किनार छेउवाटै जमिन धस्सिएकाले उद्वारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाको भनाइ छ ।
गल्याङ नगरपालिका र प्रहरीले एकतर्फी बाटो खुलाउने प्रयास गरेपनि लगातारको वर्षाले बाटो खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । दर्जनौं ठाउँमा गएको पहिरोले यातायात चल्न नसक्दा सयौं यात्रुहरु अलपत्र परेका छन् ।
Facebook Comments Box
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।