दुना टपारी बनाउदै अर्जुनचौपारीको भगवनीमाई सहकारी

आँधिखोला सेरोफेरो मनोरंजन समाचार समाज

अर्जुन चौपारी गाउँपालिका १ मा जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन थालिएको छ । यहाँको भगवतीमाई बहुउदेश्यिय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगायका पातबाट दुना टपरी बनाएर बिक्री बितरण गर्न थालेको हो ।

सहकारीका संरक्षक टुकराज अर्यालले पालिका भित्रका बेरोजगार महिलालाई आय आर्जनमा जोड्न उदेश्यले मेसिन ल्याएर दुना टपरी बनाउन थालेको बताए । जगलमा पुगेर खोजेर ल्याएका पातलाई जोडेर आकार दिने र मेसिनले च्यापेर दुना टपरी बनाइने छ ।

मेसिनले च्यापेर दुना टपरी बनाउने भएपनि पातलाई सिन्कोले जोड्ने र कत्रो आकारको
बनाउने भन्ने महिलाहरुले गर्नेछन् । पाचँ वटा डाई मार्फत मेसिनले साना दुना देखी ठुला टपरी बनाउने छ भने दुनाको प्रति गोटाको तीन रुपियाँ र टपरीको आठ रुपियाँ सम्म पर्ने छ ।

पात खोजेर ल्याएर मेसिनमा हाल्ने बनाएको कच्चा पदार्थको सानाको एक रुपियाँ र ठुलाको तीन रुपियाँ सम्म महिलाहरुले पारिश्रमकि पाउनेछन् । आमा, दिदी–बहिनीले बनाएर ल्याएको पातको कच्चा पदार्थलाई मेसिनबाट दुना टपरी बनाउने काम भने सहकारीमा रहेका कर्मचारीको रहेको छ । दुना सिधै दुईवटा पातबाट बन्ने छ भने टपरीलाई सिन्कोले जोडेर बनाउने गरिएको छ ।

पहिलो चरणमा २० जना आमा, दिदी–बहिनी पातबाट कच्चा पदार्थ बनाएर आय आर्जनमा जोडिएका छन् । मुख्य गरेर बिवाह, बर्तबन्ध र पुजा पाठमा प्रयोगमा आउने दुना टपरीलाई अब बाहिरबाट ल्यान नपर्ने अर्यालले जानकारी दिए ।

दुई लाख ९४ हजार रुपियाँमा सहकारीले आफै मेसिन खरिद गरेर ल्याएर दुना टपरी बनाउन थालेको हो । मेसिनबाट एक दिनमा दुई हजार पाचँ सय वटा टपरी र दुना बन्ने बताउदै अर्यालले बाहिरबाट माग भए बिक्री समेत गर्ने बताए ।

दुना टपरी बनाउने र बिक्री बितरण गर्ने कामको सुरुवात गदैै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले महिलालाई आय आर्जनमा जोड्न गरिने हरेक काममा पालिकाको सहयोग रहने बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *