हालै प्रकाशीत कक्षा १२ को परिक्षामा पुतलीबजार नगरपालिका अन्तरगत त्रिभुवन आदर्श क्याम्पस, मालेवगर पहिलो भएको छ भने काजिमान हरिटिका मा.वि.को नतिजा शुन्य रहेको छ ।
वैशाख १४ गतेबाट शुरुभएको कक्षा १२ को परिक्षामा त्रिभुवन आदर्श क्याम्पसबाट २४ जना विद्यार्थीहरु सहभागी भएकामा २० जना पास अर्थात ८३.३३ प्रतिशत पास भएका छन् भने काजीमान हरिटिकाबाट ४ जना विद्यार्थी सहभागि भएकामा चारै जना अनुत्तीर्ण भए ।
पुतलीबजार नगरपालिकाकाले सार्वजनिक गरेको नतिजा विवरण अनुसार पालिकामा ४१.३० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । परिक्षामा पुतलीबजार नगरपालिकाका १६ वटा विद्यालयहरुका ५ सय २३ विद्यार्थी परिक्षामा सहभागि भएको थिए ।
नतिजा अनुसार पालिकामा रजश्थल मा.वि. दोस्रो, सरस्वती मा.वि. नागडाडा तेस्रो र मातृभुमि मा.वि. सान्तोना भएका छन् । पालिकामा त्रिभुवन आदर्श मा.वि, शीतला मा.वि., हिमालयन मा.वि. र जनता मा.वि.मा कक्षा १२ सम्मको शिक्षण हुदै आएको छ ।
त्यसैगरी कोल्मा बराहचौर मा.वि., मानकामना मा.वि., कालिका मा.वि., रोशनी मा.वि., ज्योति आ.मा.वि., स्याङजा आ.मा.वि. र भू.पू सैनिक आ.मा.वि.मा पढाई हुदै आएको छ ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।