बिरुवा गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुवँरले आफुलाई राजनैतिक पुर्वाग्रह राखेर पक्राउ पुर्जी जारी गरिएको बताएका छन् । सुर्योदय बचत तथा ऋण सहकारी लिमिटेड बिरुवा सेवा केन्द्रको रकम हिनामिनामा आफु संलग्न नहुदाँ पनि स्याङजा प्रहरीले पुर्वाग्रही नियतले पक्राउ पुर्जी जारी गर्न लगाएको आँधिखोला एक्सप्रेस डटकमलाई बताए ।
बिरुवा सेवा केन्द्रका केन्द्र प्रमुख जिवन वाग्लेले सहकारी र बचतकर्ताको रकम हिनामिना गरेको हुदाँ निज उपर सहकारी ऐन बमोजिम कारबाही अगाडि बढाउन सहकारीका प्रबन्धक ध्रुब नारायण श्रेष्ठले यहि साउन १० गते जाहेरी दिएका थिए ।
आफुले २०७८ मा सेवा केन्द्रको सचिबबाट राजिनमा दिएको बताउदै कुवँरले सहकारीको मुद्धा भर्खर मात्र दर्ता भएको बताए । तत्कालिन अवस्थाको केन्द्र संयोजक गुप्त बहादुर अधिकारीले राजिनामा दिएर संस्थाको केन्द्रिय सदस्य बनेको र आफु सचिबबाट राजिनामा दिएर गाउँपालिका अध्यक्ष भएको उनले जानकारी दिए ।
आफु यो मुद्धामा दोशी नरहेको र कसुर ठहरे सजाय भोग्न तयार रहेको बताउदै कुवँरले पुर्वाग्रह र नियतीले कसैलाई फाइदा नहुने बताए । यस अघिनै पक्राउ परेका वाग्लेले विरुवा गाउँपालिकाका अध्यक्ष कुवँरको नाम जोडेका कारण उनलाई पक्राउ पुर्जी जारी गरिएको हो ।
प्रहरीले सेवा केन्द्रका संयोजक तारेन्द्र के.सी. र मुक्तिनाथ विकास बैंक विरुवाकी कस्टमर सर्भिसकी सन्ध्या भण्डारीलाई यस अघिनै पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । वाग्लेले वयानका क्रममा पालिका प्रमुख कुवँरको नाम लिदा पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतको दाबी रहेको छ ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।