

इस्लाम धर्मका सन्देशष्टा पैगम्बर मोहम्मद सलल्लाहो अलैही ओस्सलमको १४९९ औं जन्मोत्सवको पूर्व सन्ध्यामा स्याङजा बाड्खोला मुस्लिम समाजले सोमबार वृक्षारोपण गरेको छ । समाजले ओस्सलमको जन्मोत्सवको पूर्व सन्ध्यामा पुतलीबजार नगरपालिकाको खेलमैदान मालेवगरमा फलफुल तथा रुख विरुवाको रोपण गरेको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले धर्म सबैको भएको बताउदै धर्मलाई संरक्षण गर्नुपर्नेमा जोड दिईन् । स्याङजा बाड्खोला मुस्लिम समाजका अध्यक्ष शैदुदिन अलिको अध्यक्षतामा वृक्षारोपण भएको थियो ।

त्यसैगरी ओस्सलमको जन्मोत्सवमा जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफुत वितरण गरिएको थियो । कार्यक्रममा समाजका सदर हाजी अमीर बक्स मियाँले इस्लाम धर्मका सन्देशष्टाको जन्मोत्सवको अवसरमा फलफुल वितरण गरिएको बताए । मदर्शा व्यवस्थापन समितिका अध्यक्ष अली मियाको अध्यक्षतामा फलफुल वितरण गरिएको थियो भने दुवै कार्यक्रमको संचालन शाह मोहम्मद मियाले गरेका थिए ।

सोही अवसरमा समाजका उपाध्यक्ष मजिद मियाको संयोजकत्व, कमुरदिन मियाको उप संयोजकत्तव र अमिर आलमको व्यवस्थापनमा अस्पताल देखी बाड्खोला र स्याङजा सम्मको यात्रा १ दिनको लागि निशुल्क गरिएको थियो । विभिन्न कार्यक्रममा शाह खालीद मिया, जलाल मियाँ, फारुक शाह, मक्बुल मिया, समिर हुसैन, निजाम दिन मिया, अयुव मिया र आरीफ मिया लगाएतले सहजीकरण गरेका थिए ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
