पुतलीबजार नगरपालिकाले औपचारीकता पुरा गर्न पालिकाका विभिन्न स्थानहरुमा सार्वजनिक सुनुवाई गर्ने गरेको छ । पालिकाले अघिल्ला सार्वजनिक सुनुवाईमा उठेका गुनासाहरुको समाधान नगरी थप सार्वजनिक सुनुवाई गर्दा यस्तो आरोप लगेको हो ।
यसअघी पुतलीबजार नगरपालिका १३ मातृभुमी मा.वि.को प्राङगणमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ख्यामनारायण अधिकारीले पर्वत जोड्ने सडकको समस्या राखेकोमा अहिले सम्म समाधान हुन सकेको छैन ।
त्यसैगरी किसान महेन्द्र थापाले पालिकामा बादरको समस्या राखेका थिए तर समस्या समाधान हुन सकेको छैन् । थापाले कृषि उपज केन्द्र बजारमा राख्नुपर्ने, किसाले उत्पादन गरेको सामाग्रीको बजारीकरणको लागि पालिकाले पहल गर्नुपर्ने राखेका थिए अहिले सम्म समाधान हुन सकेको छैन ।
लाखौ खर्च गरेर आयोजना गरिने सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका समस्याहरु समाधान गर्न सकिदैन भने समस्या थप गर्न किन सार्वजनिक सुनुवाईको आयोजना गर्ने ? चौथर्फी चर्चा हुने गरेको छ । सार्वजनिक सुनुवाई पालिकालाई सूचना लिने काम मात्रै भएको छ ।
केही व्यक्तीहरुको पक्षमा पर्ने गरी आयोजना गरिने यस्ता सार्वजनिक सुनुवाई कार्यक्रमहरु सुरुबाटै रेडियो स्याङजा तथा स्याङजा टेलिभिजनले सहकार्य गर्दै आएको छ । यस बारे बुझ्न नगरप्रमुख तुलसीराम रेग्मीलाई फोन गर्दा फोन उठेन ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।