

स्याङजाको पुतलीबजारमा मंगलबारबाट सातौं स्याङजा महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेलले गरेका हुन् । नेपालमा आर्थिक चलायमान बनाउन यस्ता प्रकारका मेला महोत्सवहरु हुनुपर्छ ।
तर नेपाल सरकारका मन्त्री पाण्डेले नै कानुनको उध्जी उढाउदै सुर्य नेपाल प्रायोजन रहेको महोत्सवको उद्घाटन गरेका छन् । नेपालका कानुन अनुसार उत्पादक लगायत कसैले पनि संचारमाध्यम, कुनै पनि कार्यक्रम, भित्तेलेखन, लोगो र संकेत कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैनन् ।

नेपाल सरकारको कानुनमा स्पष्ट लेखिएपनी सूर्तिजन्य पदार्थ उत्पादन गर्दै आएको सुर्य नेपालले महोत्सवको प्रायोजन गरेको छ । यस सम्बन्धी जानकारी दिन सुर्य नेपालका स्याङजा प्रनिनिधी रविन्द्रमान श्रेष्ठसग सम्पर्क गर्दा यसबारे आफुलाई केही थाहा नभएको प्रतिकृया दिए ।

कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको प्रचार प्रसार गर्न पाईने छैन । यस्तो प्रकारको कियाकलाप गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कानुनमा व्यवस्था गरेका कुरा आफुलाई थाहा नभएको बताईन् । उनले लोगोको मात्र प्रयोग गर्न पाईन्छ की भन्दै महोत्सव आयोजक र प्रायोजक सुर्य नेपालको बचाउ गर्दै सूचना अधिकारी सहायक प्रजिअसग बुझ्नुपर्ने बताईन् ।
स्याङजाका ठुला व्यापारीहरुले महोत्सव सम्पन्न गर्न सुर्य नेपाललाई प्रायोजनका रुपममा ल्याएको बुझिएको छ ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
