वालिङमा राजयोग प्रशिक्षण हुने

आँधिखोला सेरोफेरो समाचार समाज स्वास्थ्य

वालिङमा राजयोग प्रशिक्षण हुने भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले यही वैशाख १६ देखि १९ गतेसम्म राजयोग मेडिटेसन प्रशिक्षण गर्ने भएको हो । वालिङ नगरपालिकाका जन प्रतिनिधिहरु र सञ्चारकर्मीसँग संयुक्त बैठक गरी ४ दिने राजयोग मेडिटेसन प्रशिक्षण कार्यक्रम आयोजना गरिने जानकारी गराइएको हो ।

कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले मानिसको अन्तिम लक्ष्य भनेको आनन्द हो, आनन्द भयो भने सबै चाहना पूरा भएको अनुभूनि हुने बताए । आध्यात्मिकताले मानिसलाई शान्ति र आनन्द मिल्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले एक स्वयम्सेवी आध्यात्मिक संस्थाले प्रशिक्षण कार्यक्रम राखेर राम्रो गरेको उल्लेख गरे । भौतिक विकासका क्रममा पूराना पाटी पौवा, चौतारीहरु विनास भएका छन् ।

यसरी विकासका नाममा भएका कामले पनि आतङ्कित र उत्तेजना पैदा गराएको एक अनुसन्धानले देखाएको उनले औंल्याए । मानसिक शान्ति, पारिवारिक खुसी र सामाजिक समृद्धताका लागि स्वयमसेवी संस्थाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भई आत्मिक लाभ लिन प्रमुख प्रशासकीय अधिकृत शर्माले वालिङवासीलाई आग्रह गरे ।

संयुक्त वैठकका प्रस्ताव तथा कार्यक्रमको औचित्य र महत्वका बारेमा ब्रह्माकुमार शङ्कर देवकोटाले प्रकाश पारेका थिए । प्रशिक्षणमा जनप्रतिनिधि, युवा क्लव, टोल विकास संस्था तथा आमा समूहमा क्रियाशिल व्यक्तिहरुसहित समुदायको सक्रीय २ हजार जनासम्मलाई सहभागी गराउने लक्ष्य रहेको ब्रह्माकुमार देवकोटाले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *