कर्मचारी संगठन स्याङ्जाले आयोजना गरेका रक्तदान कार्यक्रम

आँधिखोला सेरोफेरो समाचार समाज स्वास्थ्य

नेपाल निजामती कर्मचारी संगठन स्याङ्जाले शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस २०८१ को अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम गरेको छ । पेशागत आन्दोलनका क्रममा निधन भई शहिद घोषणा भएका शहिदहरुको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, नेपाल रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्याल, निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य राजु मरासिनी लगायतले शुभकामना मन्तव्य राखेको थिए ।

नेपाल निजामती कर्मचारी संगठन स्याङ्जाले अयोजना गरेका कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी स्याङ्जा र स्याङ्जा जिल्ला अस्पतालले समन्वय गरेका थिए । रक्तदान कार्यक्रममा ३१ जनाले रगत दान गरेको आयोजकले जानएको छ । कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन स्याङ्जाका अध्यक्ष अमर बहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *