पुतलीबजार नगरपालिका ११ घर भई अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएकी साक्षी लामिछानेले ५० हजार सहयोग गरेकी छन् । टेक्सासको कक्षा ५ मा अध्ययनरत लामिछानेले जम्मा गरेको रकम नेपाल आएका बेला सामाजीक अभियान्ता एवम् नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायलाई हस्तान्तरण गरेकी हुन् ।
सानैदेखी सहयोगी स्वभाव रहेकी १० वर्षीय लामिछानेले बालबालीकाको उपचारमा सहयोग पुग्ने हेतुले आफुले सहयोग गर्ने धारणा विकास भएको बताईन् । अमेरीकामा व्यवसाय गर्दै आएका बुवा सुदिप र ममी निरु लामिछानेकी कान्छी सुपुत्री साक्षी लामिछानेले हजुरबुवाको चौरासी पुजाका लागि ममीसगँ नेपाल आएको बेला सहयोग गरेको बताईन् ।
उनले हस्तान्तरण गरेको सहयोग अतिनै खाँचो परेका विपन्न विरामी बालबालीकाहरुको उपचारमा खर्च हुनेछ । साथै आवश्यक परेको खण्डमा अझै सहयोग गर्ने उनका बुवा सुदिप लामिछानेले जानकारी दिए । उक्त लामिछाने परिवारले पछिल्लो समय वृद्धाआश्रम, बालगृह, विद्यालयहरु र अनाथ बालबालिकाहरुलाई सहयोग गर्दै आएको छ ।
साक्षीले हस्तान्तरण गरेको सहयोग उनको इच्छा अनुसार नै बालबालिकाको क्षेत्रमा खर्च हुने सामाजीक अभियान्ता एवम् नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायले बताए । बालबालीकाको क्षेत्रमा सहयोग गर्न उनले अन्य व्यक्तिहरुलाई समेत अग्रह गरे ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।