

चादनी बचत तथा ऋण सहकारी सस्थाको १६ औ साधारण सभा सम्पन्न भएको छ । पुतलीबजार ५ स्थित नयाँबजारमा रहेको सो सहकारीको १६ औं साधारण सभा सोमबार सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सदस्य एवम् पुर्व अर्थमन्त्री सीता कुमारी सुन्दासले चादनी बचत तथा ऋण सहकारी सस्थाले स्थानीय नागरिकमा उत्कृष्ट सहकारी सेवा प्रदान गरेको भन्दै प्रशंसा व्यक्त गरिन । उनले सहकारीको आगामी दिन पनि बृहत्तर प्रगति पथमा अघि बढ्ने शुभकामना शुभेच्छा समेत व्यक्त गरिन ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा पुतलीबजार नि वर्तमान नगर प्रमुख सिमा कुमारी क्षेत्री, सहकारीका नि वर्तमान अध्यक्ष एवम् जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष लोकनाथ रेग्मी, राष्ट्रिय सहकारी बैंक पुतलीबजारका अशोक शर्मा, अमर नाथ शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा सहकारीका अध्यक्ष टेक बहादुर भुजेलले सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, सहकारीका सचिव नवदत्त रेग्मीले आर्थिक वर्ष २०८१/८२ को साङगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सबिना कार्की श्रेष्ठले चालू आर्थिक वर्षको अनुमानित आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । त्यस्तै, लेखा समितिका संयोजक धन बहादुर थापाले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा सहकारीका नि वर्तमान अध्यक्ष लोकनाथ रेग्मी, संचालक सदस्य लक्ष्मण श्रेष्ठ, गोविन्द प्रसाद रेग्मी, सरस्वती थापा, सीता श्रेष्ठ, रुद्रप्रसाद रेग्मी, व्यवस्थापक विशाल पौडेल, ज्येष्ठ सेयर सदस्य सन्टोष बहादुर गुरुङ, ज्ञान कुमारी उपाध्याय, असल कारोबार तर्फ पार्वती कार्की र कामान सिंह गुरुङलाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष टेक बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव नवदत्त रेग्मीले गरेका थिए ।

पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।