पुण्यशिलाको अध्यक्षमा पुन: मरासिनी

समाचार समाज

स्याङ्जाको पुतलीबजार नगरपालिका ३ निरबिरेको पुण्यशिला आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन एकनारायण मरासिनी चयन भएका छन । मरासिनीको अध्यक्षतामा गठित समितिको सदस्यहरुमा शालिग्राम उपाध्याय, खेमराज मरासिनी, मीरा भुजेल, अप्सरा भुजेल, खेम कुमारी मरासिनी, सोमबहादुर कुँवर वडा प्रतिनिधि, दिनेश अर्याल शिक्षक प्रतिनिधि र सदस्य सचिवमा प्रधानाध्यापक ओम प्रकाश रेग्मी चयन भएको विद्यालयका शुभेच्छुक मोती प्रसाद मरासिनीले जानकारी दिए ।

अध्यक्ष मरासिनीको यस विद्यालयमा यो लगातार दोस्रो कार्यकाल हो । गत भाद्र १२ मा विघटित समितीले आइतबार मात्रै पुर्णता पाएको हो । समिति विघटन भएपछी बैठक बसेको भए तापनी सहमति भने जुट्न सकिरहेको थिएन ।

समिती विघटनपछि बसेको एक बैठकले यसअघि नै शिक्षक अभिभावक संघको संयोजकमा भने टुंगो लगाइसकेको थियो । संघको संयोजकमा भिम कुमारी लामिछाने चन्द्रलाई चयन गर्ने सहमती भएको विद्यालय स्रोतले जनाएको थियो । अभिभावक संघका अन्य सदस्यहरु भने एक दुई दिनमै चयन गर्ने विद्यालय स्रोतले जनाएको छ ।

मरासिनी पुन समितिको नेतृत्वमा आएपछी विद्यालयको शैक्षिक सुधार र उन्नयनमा थप गतिशिलता थपिने आशा राखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *