

स्याङ्जाको पुतलीबजार नगरपालिकाले पुतलीबजार नगरपालिका वडा न १४ लामागेका बालबालिकालाई पंचेबाजाको सेट प्रदान गरेको छ । नेपालको मौलिक सस्कृती र मौलिक पहिचान पञ्चेबाजाअन्तर्गत पर्ने दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् नगरले हस्तान्तरण गरेको हो ।
शुक्रबार सो वडाका बालबालिकालाई पन्चे बाजा सेट हस्तान्तरण गर्दै नगर प्रमुख तुलसी राम रेग्मीले पढ्दै कमाउदै भन्ने योजना अनुरुप नगरपालिकाले नेपालीहरुका मौलिक बाजा पंचेबाजाको सेट उपलब्ध गराएको बताए । उनले पंचेबाजामा लामागेको नाम प्रख्यात रहेको जनाउदै अवका बालबालिकाले पनि सो नामलाई टिकाइराख्नुपर्नमा लागि पर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, पुतलीबजार नगरपालिका १४ का अध्यक्ष जितेन्द्र प्रकाश मल्ल, सदस्य मुबारक मिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।