

शुक्रवार अन्तराष्ट्रिय अण्डा दिवस, अण्डाको उपयोगिता, महत्व र फाइदाको विषयमा चर्चा परिचर्चा सहित देशभर विविध कार्यक्रम गरि अन्तराष्ट्रिय अण्डा दिवस मनाइएको छ । स्याङ्जामा पनि विविध कार्यक्रम सम्पन्न भएका छन । दिवसको अवसरमा स्याङ्जामा खुमा अर्याल फाउन्डेसनले यहाँका विभिन्न पालिकाहरुमा अण्डा वितरण गरेको छ ।
सो फाउन्डेसनको आयोजना तथा नेपाल लेयर्स कुखुरा पालन संघ चाबहिल काठमाडौं र खिलुङ कालिका एग्रो फार्मको सहकार्यमा कार्यक्रम गरि एकैसाथ यहाँका पालिकाका अधिकास सामुदायिक विद्यालयहरुमा साङ्केतिक रुपमा अण्डा वितरण गरिएको अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए । यहाँका फेदिखोला, आधिखोला, अर्जुनचौपारी गाउँपालिका त्यस्तै, पुतलीबजार, भिरकोट, वालिङ र गल्याङ नगरपालिकाका सामुदायिक विद्यालयमा सिम्बोलिक हिसाबले करिब १६ हजार अण्डा वितरण गरिएको हो ।

बर्सेनि विश्वभर नै अक्टोबर महिनाको दोस्रो शुक्रबार अन्तराष्ट्रिय अण्डा दिवस मनाइदै आइएको छ । सन १९९६ मा अस्ट्रियाको भियनामा भएको विश्व अण्डा आयोगको सम्मेलनले अण्डा दिवस मनाउने प्रचलन आएको हो । पछिल्लो केही वर्षयता नेपालमा पनि पोल्ट्री व्यवसायीहरुले विविध कार्यक्रम गरि अन्तराष्ट्रिय अण्डा दिवस मनाउदै आएका छन । अण्डामा अविश्वसनीय स्वास्थ्यवर्धक गुण हुने समेत जानकारहरु बताइरहेका हुन्छन । अण्डाको माग बर्सेनि बढ्दो क्रममा रहेको छ ।


पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।