

नेपाल विद्युत प्राधिकरण स्याङ्जा वितरण केन्द्रद्वारा आँधिखोला गाउँपालिकाको सभाहलमा विद्युत सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्युत प्राधिकरण वितरण केन्द्रका सेवाहरु प्रभावकारी बनाउन उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले विद्युत प्राधिकरण वितरण केन्द्रका कारण पालिकामा सहज भएको बताए । उनले सामुदायिक विद्युतीकरणले स्थानीयहरुलाई सास्ती भएको बताउदै आगामी दिनमा सहज हुने बताए ।

कार्याक्रममा नेपाल विद्युत प्राधिकरण स्याङ्जा वितरण केन्द्रका कार्यालय प्रमुख इन्जिनियर राजु महतोले विद्युतको उत्पादन प्रसारण र वितरण सम्बन्धी जानकारी साथसाथै विभिन्न विद्युतीय मापदण्डहरूको बारेमा जानकारी गराएका थिए । सोही वितरण केन्द्रका कर्मचारी सागर डुम्रेले विद्युतीय दुर्घटना हुने कारणहरू सावधानीका उपायहरू र यसबाट बच्नको लागि अपनाइने सुरक्षाका उपायहरूको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा वितरण केन्द्रका कर्मचारी दिपेन्द्र खनाल लगायतले मन्तव्य राखेका थिए ।

पालिका उपाध्यक्ष सीता थापाको अध्यक्षतामा सम्पन्न कार्याक्रमको संचालन कृष्ण प्रसाद पोखरेलले गरेका थिए । विद्युतको सही उपयोग नगरेको खण्डमा ठूलो दुर्घटनामा पर्न सकिन्छ भन्ने कुरा सबैमा अवगत नरहेको अवस्थामा यो कार्यक्रमले विद्युत उपभोग गर्ने सम्पूर्ण आम मानिसहरूलाई फाइदा पुगेको र यस किसिमका कार्यक्रमहरू नेपाल विद्युत प्राधिकरणले अझै धेरै पालिकाहरुमा सञ्चालन गर्ने र आगामी दिनमा अझै अरु विद्युतसँग सम्बन्धित थुप्रै जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।