उच्च अदालत पोखराले पुतलीबजार नगरपालिकालाई पुतलीबजार नगरपालिका १४, लामागेमा क्रसर नराख्न अल्पकालीन आदेश गरेको छ । उच्च अदालत पोखराका न्याधीस धनसिंह महराको इजालसले स्थानीय अग्निप्रसाद भण्डारीले दायर गरेको रिटमा यस्तो आदेश जारी गरेको हो ।
पुतलीबजार नगरपालिकाले लामा कन्ट्रक्सन प्रा.लि. काठमाडौंलाई अबैध पत्र मार्फत आँधिखोला दोहन गरि लामागेमा मापदण्ड विपरीत क्रसर राख्न अनुमती दिएको थियो । स्थानीयले क्रसर राख्दा मापदण्ड भित्र पुल, विद्यालय र घना बस्ती रहेको भन्दै विरोध जनाउदै आएका थिए ।
पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीलाई विपक्षी बनाई जारी गरिएको परमादेशमा १५ दिन भित्र आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । आगामी असार ३ गते अन्तरिम आदेशको छलफल समेत हुने सोही पत्रमा भनिएको छ ।
विश्व बैंकको ऋण तथा नेपाल सरकारको अनुदान भएको सडक निर्माणमा निर्माण सामाग्री स्थानीय सरकारले उपलब्ध गराउनु पर्ने भएकाले आँधिखोला दोहन गर्न अनुमती दिएको पालिकाले जनाएको छ ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।