

शिक्षा विकास तथा समन्वय इकाई स्याङजाको सभाहलमा एसईईका उत्तरपुस्तीका परिक्षण भैरहेको छ तर उक्त उत्तरपुस्तीका केही अबैध परीक्षकहरुद्धारा परीक्षण भैरहेको पाईएको छ । जिल्ला भित्रका १०÷१२ जना अबैध परीक्षकहरुद्धारा एसईईका उत्तरपुस्तीका परीक्षण गरेको पाईएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई स्याङजाका प्रमुख विश्वराज आचार्यले माध्यामिक तह पढाएका जुसुकै शिक्षकले उत्तरपुस्तीका परीक्षण गर्न पाउने जानकारी दिए । उनले अहिले सम्म बैध शिक्षकहरु उत्तरपुस्तीका परीक्षण गर्न आएको बताउदै अबैध परीक्षकहरुको बचाउ गरे ।

एसईईका उत्तरपुस्तीका परिक्षणको लागि प्रा.वि. वा नि.मा.वि.को नियुक्ती भएपनि जुनसुकै विद्यालयमा कक्षा १० मा अध्यापन गराएको शिक्षक हुनुपर्छ । हाल उत्तरपुस्तीका परीक्षण गर्ने अबैध परीक्षकहरु राजनैतिक दलको आडमा आएको एक स्रोतको दाबी छ ।

उत्तरपुस्तीका परिक्षण गर्न सम्बन्धीत शिक्षकले विद्यालयमा कुनै सहकार्य नगरेको जिल्ला सदमुकाममा रहेको एक विद्यालयका प्राचार्यले जानकारी दिए । उनले एसईईका उत्तरपुस्तीका परीक्षण गर्न अबैध रहेको बताउदै परीक्षकले हाल सम्म पनि कक्षा १० मा अध्यापन नगराएको समेत प्र.अ.ले जानकारी दिए ।
परीक्षणको लागि स्याङजामा बर्दिया जिल्लाका उत्तरपुस्तीका आएका छन् । हाल सम्म ७० प्रतिशत उत्तरपुस्तीका परीक्षण भएको शिक्षा विकास तथा समन्वय इकाई स्याङजाले जानकारी दिएको छ । उत्तरपुस्तीका परीक्षण सम्पन्न भएपछी समपरीक्षण हुनेछ ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
