



पुतलीबजार नगरपालिकाले फागुन १५ गते आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । फागुन १५ गते मगर समुदायले राष्ट्रिय मगर दिवस मनाउदै आएको अवसरमा आईतबार सार्वजनिक विदा दिने निर्णय पालिकाले गरेको हो ।
नगरप्रमुख सिमाकुमारी क्षेत्रीद्धारा हस्ताक्षरीत सूचनामा नगर कार्यपालिकाको बैठकको निर्णयानुसार राष्ट्रिय मगर दिवसका दिन फागुन १५ गते आईतबार विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

सूचनामा पुतलीबजार नगरपालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु र बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक विदा दिने बताईएको छ ।

Facebook Comments Box

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
