नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट त्तब्ब् सम्बन्धन प्राप्त क्याम्पसमा शैक्षिक सत्र २०७८÷७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने भएको हो ।
४ वर्षे कोर्ष अध्ययनका लागि ३६ सीट संख्या रहेको क्याम्पसले जनाएको छ । सूचना प्रविधि, सूचना र सञ्चार एवम् डिजिटल क्षेत्रका सम्पूर्ण विद्यार्थीहरुका लागि रचनात्मक तरिकाले समस्या समाधान गराउने सिपको विकासमा लागि सूचना तथा सञ्चार प्रविधि शिक्षाको आवश्यकता रहेका वालिङ बहुमुखी क्याम्पसका प्रमुख सच्चिदानन्द यादले बताए ।
वालिङ लगायत आसपासका क्षेत्रमा यस्ताखाले अध्ययन–अध्यापन नभएकाले प्रविधिमा दक्षता जनशक्ति उत्पादन गर्ने उनले दावी गरे । क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइरालाले समयानुकूल प्रविधिमा दक्षता कायम गर्न क्याम्पसले सूचना तथा सञ्चार प्रविधि शिक्षा विषयमा अध्ययन–अध्यापन गराउनले लागेको बताए ।
अध्ययन पाश्चात लोकसेवा, स्थानीय पालिकामा प्राविधिक जनशक्ति, शिक्षक सेवा, बैंक तथा वित्तिय क्षेत्रका निम्ति दक्ष जतशक्ति तयार पार्नमा क्याम्पसको अहम भुमिका रहेको क्याम्पसको दावी छ ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।