नेपाल नगरपालिका संघ र गण्डकी प्रदेशमा पुतलीबजार नगरपालिका सम्मानीत भएको छ । नगरपालिका संघले २९ औ वार्षिकोत्सवको अवसर पारेर पुतलीबजार नगरपालिकालाई सम्मान तथा पुरस्कृत गरेको हो ।
नगरपालिका संघले ५ विधामा पुतलीबजार नगरपालिका सहित देश भरका ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको थियो । संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासन तर्फ पुतलीबजार नगरपालिका उत्कृष्ट भएको थियो ।
सम्मान तथा पुरस्कृत कार्यक्रममा प्रधानमन्त्री शेरवहादुर देउवाले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए भने पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले सम्मान तथा पुरस्कार ग्रहण गरेकी थिइन् । सम्मान तथा पुरस्कार ग्रहण गर्दै पुतलीबजार नगरपालिका प्रमुख क्षेत्रीले काम गर्ने जोस र जागर बढेको बताईन् ।
उनले आफ्नो कार्यकालमा पालीकालाई थप उचाईमा पुर्याउने बताईन् । सोही कार्यक्रममा संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासन तर्फ वालिङ नगरपालिका पनि सम्मानीत भएको थियो । त्यसैगरी गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले पनि पुतलीबजार नगरपालिकालाई पुरस्कृत तथा सम्मान गरेको छ ।
पुतलीबजार नगरपालिकालाई स्वास्थ्य कार्यक्रमहरुको वार्षिक योजना तयारी गोष्ठीमा सम्मान तथा पुरस्कृत गरेको हो । ११ स्थानीय तह रहेको स्याङजामा पुतलीबजार नगरपालिका पहिलो र गण्डकी प्रदेशमा ८ औं स्थानमा रहेको छ । गण्डकी प्रदेशमा ८५ वटा पालिकाहरु रहेका छन् ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।