साक्षरता कार्यक्रमका लागि स्याङजाका ५ पालिकाहरु र रुम टु रिड विच सम्झौता

आँधिखोला सेरोफेरो समाचार समाज

शिक्षित बालबालिकाहरुबाट नै विश्वमा परिवर्तनको थालनी हुन्छ भन्ने नाराका साथ एक कार्यक्रमका विच रुम टु रिड र स्याङजाका पालिकाहरुबीच साक्षरता कार्यक्रम सम्झौता भएको छ । साक्षरता कार्यक्रमका लागि जिल्लाका ५ पालिकाहरु पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका र रुम टु रिड विच सम्झौता भएको हो ।

जिल्ला समन्वय समितिको सभा हलमा भएको सम्झौता समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख सिता सुन्दासले साक्षरता कार्यक्रम सम्झौता भएकोमा खुशी लागेको बताउदै शिक्षा जीवन उपयोगी हुनुपर्नेमा जोड दिईन् । उनले पालिकाहरुमा जनप्रतिनिधी आए सगै शिक्षामा सुधार भएको बताउदै बालबच्चाको शिक्षामा ध्यान दिनुपर्ने बताइन् ।

कार्यक्रममा पालिकाको तर्फबाट भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनाल र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गुरु प्रसाद पौडेल लगाएतले राज्यले शिक्षामा लगानी गरेपनि परिणाम राम्रो आउन नसकेकोमा चिन्ता व्यक्त गरे । सुर्याेदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रुम टु रिडका ओम कुमार श्रेष्ठले गरेका थिए भने स्वागत तथा कार्यक्रम माथि प्रकाश तनहुँ फिड कार्यालयका प्रमुख राधाकृष्ण हुमागाईले पारेका थिए ।

सन् २०१८ देखी सुर्योदय क्लबको साझेदारीमा स्याङजामा साक्षरता कार्यक्रम लागु भएकोमा कार्यक्रमको प्रभावकारीता उत्कृष्ठ रहेको हुदाँ दोस्रो चरणमा पालिकाहरु सगको थप सहकार्यमा आगामी ४ वर्षका लागि जिल्लाका ५ वटा पालिकाहरुमा लागु हुने गरी सम्झौता भएको हो । दोस्रो अन्तरगत पहिलो वर्ष ५ पालिकाका ४४ सामुदायीक विद्यालयहरुमा कार्यक्रम संचालन र क्रमश पालिकाहरुका सबै विद्यालयहरुमा कार्यक्रम संचालन हुने सम्झौतामा उल्लेख गरिएको छ ।

कार्यक्रममा रुम टु रिडको र पालिकाहरुको गरि व्यवस्थापन खर्च वाहेक करिब ४ करोड लगानी हुने सुर्याेदय क्लवका अध्यक्ष अन्नत कुमार श्रेष्ठले जानकारी दिए । उनले कार्यक्रमलाई सफल बनाउन सम्बन्धीत पालिकाहरुको सहयोग आवश्यक रहने बताए । कार्यक्रममा विभिन्न पालिकाहरुका प्रमुख तथा शिक्षा शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *