समाजको विश्व सम्मेलन तथा अधिवेशन १ गते हुँदै

आँधिखोला सेरोफेरो समाचार समाज

विश्वभर छरिएका स्याङ्जालीहरूलाई एकताबद्ध गर्दै सामाजिक कार्यमा जुट्न र नयाँ नेतृत्व चयन गर्नका लागि स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले महत्त्वपूर्ण भेलाको आयोजना गर्ने भएको छ। संस्थाको छैठौं विश्व सम्मेलन तथा नवौं अधिवेशन आगामी २०८२ साल कार्तिक १ गते स्याङ्जाको पुतलीबजार स्थित प्रगतिनगर ब्लुपल ईभेन्ट्सको सभाहलमा हुँदैछ।

समृद्ध स्याङ्जाका लागि विश्व अभियान भन्ने मूल नारालाई लिएर कार्यक्रमको आयोजना गरिएको अध्यक्ष वीरेन्द्र केसीले बताए । संस्थाको अधिवेशन प्रत्येक २÷२ वर्षमा हुँदै आइरहेको अध्यक्ष के.सी.ले जानकारी दिए ।

विश्वभरका स्याङ्जाबासी दाजुभाइ तथा दिदीबहिनीहरू सामाजिक कार्यका लागि एक ठाउँमा भेला भई आपसी छलफल र समन्वय गर्ने गर्दछन्। भेलाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गर्नेछ, जसले समुदायको हितका लागि विभिन्न कार्यक्रम र पहलहरू अगाडि बढाउने उपाध्यक्ष मुक्ति सुवेदीले जानकारी गराए ।

मातृभूमिको उन्नतिमा योगदान होस् भन्ने हेतुले संस्था स्थापना गरिएको यो एक विशुद्ध सामाजिक संस्था हो जसले स्थापनाकाल देखि नै विभिन्न प्रकोप तथा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *