



राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा स्याङ्जाका ५ दर्जन बढी विद्यालयहरू छनोट भएका छ्न् । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गर्दा स्याङ्जाका ६२ वटा विद्यालयहरू छनोट भएका हुन् ।
स्याङ्जामा अर्जुनचौपारी गाउँपालिकामा ३ वटा, आँधिखोला गाउँपालिकामा ८ वटा, कालीगण्डकी गाउँपलिकामा ७ वटा, बिरुवा गाउँपालिकामा ७, फेदीखोला गाउँपालिकामा २, हरिनास गाउँपालिकामा ३ वटा, पुतलीबजारमा ७ वटा, वालिङ नगरपालिकामा ८ वटा, भीरकोट नगरपालिकामा ३ वटा, गल्याङ नगरपालिकामा ९ वटा, चापाकोटमा ५ गरि जम्मा ६२ वटा विद्यालयहरू राष्ट्रपति शैक्षिक सुधारका छनोट भएका हुन् ।

शिक्षा मन्त्रालयका अनुसार छनोटमा परेका विद्यालयहरूले चारकोठे भवन निर्माणका लागि प्रति विद्यालय ३६ लाख, दुईकोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि छ लाख ५० हजार अनुदान सहयोग प्राप्त गर्नेछ्न् । छानिएका मध्ये चारकोठे भवन ९७६, दुई कोठे भवन ९६६, आईसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ ।


राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
